

दाङ बन्यो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोमा च्याम्पियन



दाङ।
लुम्विनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा दाङ आइटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ।
प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरि २० पदक जित्दै दाङको टिम च्याम्पियन बनेको हो। च्याम्पियन दाङले मेडलसँगै प्रथम ट्रफि जितेको छ।
त्यस्तै ९ स्वर्ण, ५ रजत र ६ कास्य जित्दै २० पदक जितेको बाँकेको टिम दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
त्यस्तै २ स्वर्ण, २ रजत र ६ कास्य गरि १० पदक जित्दै गुल्मी जिल्लाले तेस्रो स्थानमा चित्त बुझाएको छ।
प्रतियोगितामा बर्दियाको टिमले १ स्वर्ण, ५ रजत र ७ कास्य गरि १३ पदक, प्युठानको टिमले १ स्वर्ण, ३ रजत र ७ कास्य गरी ११ पदक, अर्घाखाँचीको टिमले ३ रजत र १० कास्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० कास्य गरि १२ जित्न सफल भए।
दुई दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरूषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी घोषित भए। उनीहरुले नगदसहित ट्रफि, र सम्मानपत्र हात पारे।
दाङकी आयुष्मा गिरी ११ औं राष्ट्रिय जुनियर प्रतियोगितामासमेत स्वर्ण पदक जितेकी खेलाडी हुन्।
उक्त प्रतियोगितामा दाङलाई आयुष्मा गिरी, बिजय बुढा मगर, सन्तोष बुढामगर, पवन वली, अनिसा घिमिरे,सरिता नेपाली, अर्जुन नेपाली, सुरज बुढामगर, सञ्चीता पुन, संगीता खत्री, दीपिका गिरी र सृष्टि योगीले स्वर्ण पदक दिलाएको दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए।
प्रतियोगिता घोराही उपमहानगरपालिका वडा नम्बर स्थित १४ कवर्ड हलमा भएको थियो। प्रतियोगितामा प्रदेशका २ सय ८० बढी खेलाडीको सहभागिता थियो।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया