

दाङ बन्यो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोमा च्याम्पियन



दाङ।
लुम्विनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा दाङ आइटिएफ तेक्वान्दो संघ च्याम्पियन बनेको छ।
प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ४ काश्य गरि २० पदक जित्दै दाङको टिम च्याम्पियन बनेको हो। च्याम्पियन दाङले मेडलसँगै प्रथम ट्रफि जितेको छ।
त्यस्तै ९ स्वर्ण, ५ रजत र ६ कास्य जित्दै २० पदक जितेको बाँकेको टिम दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
त्यस्तै २ स्वर्ण, २ रजत र ६ कास्य गरि १० पदक जित्दै गुल्मी जिल्लाले तेस्रो स्थानमा चित्त बुझाएको छ।
प्रतियोगितामा बर्दियाको टिमले १ स्वर्ण, ५ रजत र ७ कास्य गरि १३ पदक, प्युठानको टिमले १ स्वर्ण, ३ रजत र ७ कास्य गरी ११ पदक, अर्घाखाँचीको टिमले ३ रजत र १० कास्य गरी १३ र कपिलवस्तुले ३ रजत र १० कास्य गरि १२ जित्न सफल भए।
दुई दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फ दाङकी आयुष्मा गिरी र पुरूषतर्फ बाँकेका सोनु केवत उत्कृष्ट खेलाडी घोषित भए। उनीहरुले नगदसहित ट्रफि, र सम्मानपत्र हात पारे।
दाङकी आयुष्मा गिरी ११ औं राष्ट्रिय जुनियर प्रतियोगितामासमेत स्वर्ण पदक जितेकी खेलाडी हुन्।
उक्त प्रतियोगितामा दाङलाई आयुष्मा गिरी, बिजय बुढा मगर, सन्तोष बुढामगर, पवन वली, अनिसा घिमिरे,सरिता नेपाली, अर्जुन नेपाली, सुरज बुढामगर, सञ्चीता पुन, संगीता खत्री, दीपिका गिरी र सृष्टि योगीले स्वर्ण पदक दिलाएको दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए।
प्रतियोगिता घोराही उपमहानगरपालिका वडा नम्बर स्थित १४ कवर्ड हलमा भएको थियो। प्रतियोगितामा प्रदेशका २ सय ८० बढी खेलाडीको सहभागिता थियो।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया