

नवयुग शिक्षक पेसागत सहकारीको नेतृत्व पोख्रेललाई



कपिलवस्तु । कपिलवस्तु स्थित नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडले संस्थाको प्रथम प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जितपुर स्थित कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा एक बर्षको नीति तथा कार्यक्रमहरु परित गर्दै गोविन्द पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
जसको उपाध्यक्षमा बाबुराम घिमिरे, सचिवमा भारत राज न्यौपाने, कोषाध्यक्षमा माधब घिमिरे, सह–सचिवमा सृजना खत्री रहनुभएको छ । यस्तै सदस्यहरुमा डिआर न्यौपाने, बिष्णु प्रसाद बेल्वासे, कुलानन्द भुसाल, र बिष्णु पन्त रहनुभएको छ । यस्तै समितिले जिवलाल पन्थीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । जसको सदस्यहरुमा मोहन प्रसाद घिमिरे र झविन्द्र प्रसाद न्यौपाने रहनुभएको छ ।
कार्यक्रम समितिका अध्यक्ष गोविन्द पोखरेलको अध्यक्षता, कार्यक्रम बाणगंगा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष गणेश क्षेत्रीको प्रमुख आतिथ्यता, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश महासचिव लाल प्रसाद पङेनीको विशिष्ट आतिथ्यता, लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, सिद्धार्थ मा. वि. बुङ्चीका प्रअ दल बहादुर थापा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया