

नवयुग शिक्षक पेसागत सहकारीको नेतृत्व पोख्रेललाई



कपिलवस्तु । कपिलवस्तु स्थित नवयुग शिक्षक पेसागत सहकारी संस्था लिमिटेडले संस्थाको प्रथम प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार जितपुर स्थित कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा एक बर्षको नीति तथा कार्यक्रमहरु परित गर्दै गोविन्द पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
जसको उपाध्यक्षमा बाबुराम घिमिरे, सचिवमा भारत राज न्यौपाने, कोषाध्यक्षमा माधब घिमिरे, सह–सचिवमा सृजना खत्री रहनुभएको छ । यस्तै सदस्यहरुमा डिआर न्यौपाने, बिष्णु प्रसाद बेल्वासे, कुलानन्द भुसाल, र बिष्णु पन्त रहनुभएको छ । यस्तै समितिले जिवलाल पन्थीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति गठन गरेको छ । जसको सदस्यहरुमा मोहन प्रसाद घिमिरे र झविन्द्र प्रसाद न्यौपाने रहनुभएको छ ।
कार्यक्रम समितिका अध्यक्ष गोविन्द पोखरेलको अध्यक्षता, कार्यक्रम बाणगंगा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष गणेश क्षेत्रीको प्रमुख आतिथ्यता, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश महासचिव लाल प्रसाद पङेनीको विशिष्ट आतिथ्यता, लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, सिद्धार्थ मा. वि. बुङ्चीका प्रअ दल बहादुर थापा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया