

कपिलवस्तु उद्योग वाणिज्य संघ भलवाडको क्षेत्रगत संयोजकमा थारु



कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघको क्षेत्रगत समिति शनिबार गठन भएको छ । जिल्लाको बाणगंगा नगरपालिका अन्र्तगत वडा नम्बर ९ स्थित भलवाडमा शनिबार क्षेत्रगत समिति गठन गरिएको हो ।
क्षेत्रगत संयाजक कृष्णप्रसाद पाण्डे(यमलाल)को अध्क्षतामा आयाजित भेलाबाट अध्यक्षमा लक्ष्मी थारु रहने गरी सचिवम राधिका टन्डन सहित सदस्यहरुमा देबबहादुर श्रीस, सिता पाण्डे, हेमराज आचार्य, दिपक पौडेल, सरिता भण्डारी , ज्योगि गुप्ता र गौरिसंकर थारु चयन हुनुभएको छ ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे सहित बरिष्ठ उपाध्यक्ष छवि रेश्मिमगर, वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र बेल्वासे, समाजसेवी नारायण खनाल, बैज्ञानिक वन व्यवस्थपन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिपक कुमार थापा लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लेखनाथ पौडेलको संचालन सहित वडा नम्बर ९ मा क्रियाशिल उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
्कार्यक्रममा वडाध्यक्ष धुब्र बेल्वासेले कपिलवस्तु उद्योग बाणिज्य संघले व्यवसायीहरुको हकहितलाई मध्येनजर गर्दै विभिन्न समयमा काम गर्दै आईरहेको बताए । यस्तै उनले यस क्षेत्रमा औधोगिकग्राम बन्ने र जसमा उद्योग बाणिज्य संघको महत्वपूर्ण योगदान रहेको वडाध्यक्ष बेल्वासेको भनाई छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया