

७० वर्ष उमेर पुगेका ८३ ज्येष्ठ नगरिकलाई न्यानो कपडा


गुल्मी ।
गुल्मीको रेसुंगा नगरपालिका–९ मा रहेका ७० वर्षमाथिका ८३ जनालाई न्यानो कपडा (ब्लाङ्केट) र च्यवनप्रास प्रदान गरी सम्मान गरिएको छ।
नगरपालिकाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरिएको वडाध्यक्ष नारन सुनारले जानकारी दिए।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख डिल्लीराज भुसालले ज्येष्ठ नागरिकसँग धेरै पहिलेदेखिको विकास निर्माण लगायत अन्य क्षेत्रको पनि अनुभव भएको भन्दै उनीहरूको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्नुपर्ने बताए। भुसालले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न ज्येष्ठ नागरिकलाई आग्रह समेत गरे। चिसोको समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यहरूले विशेष ख्याल र स्याहारसुसारमा ध्यान दिन आग्रह गरे।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया