

२४ घण्टामा २ सय ७४ जनामा काेराेना सङ्क्रमण


काठमाण्डाै
पछिल्लो २४ घण्टामा देशभर दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार १६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७० जना निको भएका छन् । यही अवधिमा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । नेपालमा अहिले पाँच हजार पाँच सय २२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ६ हजार पाँच सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड १४ लाख ४५ हजार एक सय ४५ डोज खोप प्रयोग भएकोमा ९५ लाख ३१ हजार दुई सय ५९ जनाले पूर्ण मात्रा र एक करोड १९ लाख १३ हजार आठ सय ८६ जनाले कम्तीमा एक मात्रा खोप पाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया