दिब्य ज्योतिको १६ औँ साधरण सभा सम्पन्न

कपिलवस्तु ।
श्री दिब्यज्योति महिला बहुउद्देश्यीय सहकारी संस्था लि.बाणगंगा५ कपिलवस्तुको सोह्रौ साधरणसभा बुधबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ। आयिजित कार्यक्रममा बोल्ने बक्ताहरूले संस्थाको कार्य सफलताको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए।त्यस्तै १६औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका महिला बिकास शाखा प्रमुख शुशिला पन्तले नगरपालिकाबाट हुने सहयोगमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनउनु भयो । बि.सं.२०५९सालमा ९६जना महिला सदस्यहरू संगठित भइ २०६१साल पुस १९ मा महिला तथा बालबालिका कार्यालय कपिलवस्तुको सहयोगमा डिभिजन सहकारी कार्यालयमा बिधिवत रूपमा दर्ता भई महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको संस्थाले जनाएको छ। भने संस्थाकि ब्यस्थापक बिष्णुमाया भट्टराईले २२करोड १लाख ३२हजार ३सय २४रूपिया बराबरको आय ब्याय सार्वजनिक गरेकी छन् । भने संस्थाकि लेखा संयोजक पार्बता भुसालले संस्थामा ६२३जना शेयर सदस्य । ११जना कार्य समिति २जना कर्मचारी रहेको बताउदै संस्था को कार्य क्षेत्र बाणगंगा ५÷६रहेको लेखा प्रतिवेदनमा उल्लेख गरेकी छन् ।भने संस्थाको शेयर रकम ८लाख १७हजार २सय रहेकोमा यश आ .ब. मा १लाख ४२हजार २सय बृद्वि भएको बताएकी छिन । सो अवसरमा संस्थाले उत्कृष्ट बाल बचत गरेको भन्दै प्रज्ञा राउतलाई खादा सहित पुरूकृत गरेको छ। त्यस्तै ३जना ज्येष्ठ महिलाहरूलाई पनि दोसल्ला ओढाइ सम्मान गर्दै आफ्नो अति महत्त्वपूर्ण कार्ययोजना अगाडि सारेको छ। कार्ययोजनामा १सय७७शेयर सदस्य बृद्वि गरि ८सय पु–याउने लैङ्गकि हिंसा न्युनिकरणमा पहल गर्ने ,संस्थाको रणनीतिक योजना तयार गर्ने जस्ता योजना अघि सारेको छ ।स्थानीय समाजसेवी ,विभिन्न संघसंस्थाका पदाधिकारी ,जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको कार्यक्रम माया पाण्डेको अध्यक्षता ,जिल्ला स.स.का उपप्रमुख तारावती चौधरीको प्रमुख आतिथ्यता सहित पवित्रा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै