


कांग्रेस सभापतिको मतगणना राती १० बजेदेखि



काठमाडौं
नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले राती १० बजेदेखि सभापतिको मतगणना सुरु गरिने जानकारी दिएका हुन्।
उनका अनुसार सभापतिको मतगणना सकिएपछि एक दिन निर्वाचन समितिले आराम गरेर बिहीबारदेखि मात्रै मतगणना सुरु गर्ने योजना बनाएको छ। मतदान भएपनि निर्वाचन समितिका सदस्य, उम्मेदवार र उनीहरूका प्रतिनिधिलेलगायतले आराम नपाएकाले उनीहरूको आरामका लागि समय छुट्याइएको उनको भनाइ छ।
राष्ट्रिय सभागृहमा दोस्रो चरण मतदानको मतगणना हुने भएपनि बाँकी पदको गणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालामा मात्र उम्मेदवार छन्। प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणमा आउट भएका छन्।
कांग्रेस विधानमा सभापति चयन हुनका लागि कम्तीमा पनि ५० प्रतिशत मत प्राप्त गरेकै हुनुपर्ने व्यवस्था छ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया