

कांग्रेस महाधिवेशन : २१ सय मत खस्याे



काठमाण्डाै
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दाेस्राे चरणकाे चुनावमा अहिले मतदान भइरहेकाे छ । बेलुकी साढे ६ बजेसम्म दुई हजार एक सय मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको चुनावका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रिय सभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न ६ वटा ठाउँ कायम गरिएको छ ।
मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्यासीले आ–आफनो पक्षमा मतदान गर्न मत मागि रहनुभएको छ ।
हिजाे सोमवार भएको चुनावमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि फेरि चुनाव भएको हो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया