एमालेको कार्यविभाजनप्रति असन्तुष्टि, १० बुँदे पक्षधरलाई विभेद

काठमाडौं

नेकपा एमालेमा भएको कार्यविभाजनप्रति नेताहरुले असन्तुष्टि जनाएका छन् । एकपक्षीय ढंगले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको कार्यविभाजन गरेको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले असन्तुष्टि जनाएका हुन् ।
भक्तपुरमा शनिबारदेखि चलेको बैठकबाट भएको कार्यविभाजनप्रति नेता झपट रावलले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका छन् । उनले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएपनि केन्द्रीय कमिटी बैठकबाट जसरी जिम्मेवारी बाँडफाँड गर्ने काम भयो त्यो गलत भएको बताए ।

‘जसले यो पार्टीका लागि आफ्नो जीवन दिनुभयो, आफ्नो प्राणभन्दा प्यारो ठान्नुभयो । तर दुई महिने तीन महिने सहयात्रीहरुलाई सम्मान भएको छ । निरन्तर लागेकाहरुलाई चाहिँ अपमान भएको छ’, उनले भने, ‘आन्दोलन र लागि र समग्र पार्टीको हितको लागि यो आफैँमा बेठीक हो । यसलाई सच्याउनु पर्छ ।’

उनले पार्टीमा विभेद नहुने आफूहरुले टानेपनि त्यसो हुन नसकेको बताए । टंक कार्की जस्तो नेतालाई समेत पोलिटब्युरोमा नअटाएको भन्दै उनले असन्तुष्टि जनाए । १० बुँदे पक्षधरहरुलाई छानीछानी पाखा लगाउने काम भएको पनि उनको भनाइ छ ।

एमालेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन, प्रदेश अध्यक्ष तोक्नेलगायतको निर्णय भएको थियो । ​

प्रतिक्रिया

खबर सबै