धितोपत्र साम्राज्यवादको विकसित रुप, पुँजीको लगानी पुँजीमै हुनु दुखद् : प्रचण्ड

 काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारमा भइरहेको लगानी गलत भएको टिप्पणी गरेका छन् । पुँजीको लगानी उत्पादनमूलक उद्योगहरुमा हुनुपर्नेमा पुँजीको लगानी अन्यत्रै भएको बताएका हुन् ।

शेयर लगानीकर्ताहरुले ‘पुँजीबजार विरोधीलाई नो भोट’ अभियानको घोषणा गरेको भोलिपल्टै प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि यसलाई चासोको साथ हेरिएको छ । ९० को दशकपछि समाजवादी भनिएका देशहरु गर्ल्याम-गुर्लुम्म ढलेपछि पुँजीपतिहरुले अब कम्युनिज्म सकियो र पुँजीवादको विजय भएको भनेर टिप्पणी गरेको भन्दै उनले भने, ‘विचारको मृत्यु भइसक्यो, अब त सबचिज बजार नै हो, पुँजी नै हो भनेर होहल्ला गरिएको तपाईं हामीले नै हो नि !’

प्रतिक्रिया

खबर सबै