


ओली निरंकुश प्रवृतिका पात्र हुन्, उनी सुध्रिदैनन् : अध्यक्ष नेपाल



बुटवल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई हिटलरसँग तुलना गरेका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीद्वारा आज (शनिबार) बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली सुध्रिने सम्भावना नदेखेरै आफूहरुले विद्रोह गरेको बताए ।
उनले भने, ‘ओलीमा हिटलर प्रवृति छ, उनी सुध्रिदैनन् ।’कम्युनिष्ट आन्दोलन बचाउने हो भने एमालेभित्र रहेका सच्चा कम्युनिष्टहरू ओलीको भ्रमबाट मुक्त हुन आग्रह गर्दै उनले भने, ‘केपी ओली निरंकुश प्रवृतिका पात्र हुन्, उनी सुध्रिदैनन् । एमाले ओलीको प्राइभेट कम्पनी जस्तै भएको छ, त्यसबाट मुक्त हुनुपर्छ ।’ अध्यक्ष नेपालले आफूहरूले गरेको विद्रोह एमालेको चितवनमा भएको महाधिवेशनको तमासाबाट पुष्टि भएको दाबी गरे ।
सोही क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सामान्तवादको भूत जगाउने कोसिस नगर्न उनले चेतावनी दिए । अध्यक्ष नेपालले भने, ‘राजेन्द्र लिङ्देनलाई भन्न चाहान्छु, प्रतिगामी सोच नराख्नुस्, पुरानो इतिहास दोहोरिँदैन ।’अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन राष्टियसभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताए । स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकै पटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर मात्र निष्कर्षमा पुगिने उनको भनाइ छ ।
कांग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने पनि अध्यक्ष नेपालले बताए । उनले आफ्ना मन्त्रीहरूलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताए ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया