केही साना दललाई कांग्रेसले साथ छोड्ला भन्ने डर छ : एमाले अध्यक्ष ओली

काठमाण्डाै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई कांग्रेसले साथ छोड्ला भन्ने डर रहेको टिप्पणी गर्नुभएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई कटाक्ष गर्दै कांग्रेसले हात समात्न छोड्छ कि भनेर डराइरहेको टिप्पणी गर्नुभयो । केन्द्रका अध्यक्ष प्रचण्डले सँगसँगै जानुपर्छ भन्नुका पछाडि डर नै मुख्य रहेको ओलीको भनाइ छ ।

कांग्रेसले अरूको नीतिको पछाडि लाग्ने नभइ आफ्नो नीतिमा अरूलाई हिँडाउनुपर्ने भन्दै अध्यक्ष ओलीले शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै