वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग कार्यक्रम बनगाइमा सम्पन्न ।

कपिलबस्तु,
ग्लोबल आईएमई बैंक लिमिटेड ले वित्तीय साक्षरता तथा डिजिटल बैकिङ्ग सम्बन्धी कार्यक्रम बाणगंगा नगरपालिका ७, बनगाइमा सम्पन्न भएको छ। आधुनिक डिजिटल प्रविधिको युगमा यसलाई कसरी सुरक्षित र भरपर्दो तरिकाले प्रयोग गर्ने भन्ने विषयमा चेतनामुलक कार्यक्रम भएको हो।

ग्लोबल आईएमई बैंकको केन्द्रिय कार्यालयबाट बजार तथा व्यवसाय प्रमुख शान्ता शिवाकोटीले बैंकले डिजिटल माध्यमबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सिकाउनु भएको थियो। उहाँले क्युआर सेवा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सम्बन्धी विभिन्न जानकारी दिनु भएको थियो। अहिलेको समयमा मोबाइलमा लोभलालच देखाएर ठगी गर्नेहरुले खाता नं. र ओटिपि कोड माग्ने घटनाहरु भइरहेकोले यस्ता खालका ओटिपि कोड, पासवर्ड, पिनकोड कसैलाइ नदिनुहुन् अनुरोध गर्नुभयो।

उक्त कार्यक्रममा जनज्योति उच्च माध्यमिक विद्यालय तथा परिजात इङ्लिश बोर्डिङ् का शिक्षक तथा म्यानेजमेन्ट संकायका विधार्थीहरु र व्यवसायिहरुको सहभागिता रहेको कार्यक्रममा प्रदेश उप प्रमुख जोगलाल् भुसाल् र ग्लोबल आईएमई बैंक बनगाई शाखाका शाखा प्रमुख मनोज शर्माले सहजीकरण गर्नुभएको थियो। साथै प्रिपेड र पोसपेड सिम चलाउने ग्राहकहरुले मोबाइल बैंकिङको ग्लोबल स्मार्ट एप चलाउदा निशुल्क इन्टरनेट सुविधा पाउने सेवा सुविधा पनि रहेको प्रशिक्षणको क्रममा बताईएको थियो ।

 

प्रतिक्रिया

खबर सबै