

एनएमबी बैंकले पायो ‘बैंक अफ द इयर–एसिया’ अवार्ड



एनएमबि बैंक बैंक अफ दि इयर (एसिया) २०२१ घोषित भएको छ ।
एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बन्ने नेपालको पहिलो बैंक हुँदै ५ वर्षमा चौथोपटक बैंक अफ द इयरसमेत बनेको हो । द फाईनान्सियल टाइमसको द बैंकर म्यागेजिनले प्रदान गर्दै आइरहेको विश्वका उत्कृष्ट बैंक अवार्ड एनएमबी बैंकले पाएको हो ।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण गरेका थिए। नेपालमा यसअघि यो अवार्ड कुनै बैंकले पाएका छैनन्।
बैंकको १३ वर्षको करिअरमा एनएमबी बैंक यो स्थानमा पुग्नु गर्वको कुरा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।
व्यवस्थापन र ग्राहकको विश्वासका कारण एनएमबी बैंकले सफलता पाएको सीईओ केसीको दावी छ ।
ुअरुको भन्दा फरक ढिलो बाटो तर गन्तव्यमा पुग्ने बाटो एनएमबिले रोजेको छ, सीईओ केसीले भने ।
विश्वका विभिन्न चर्चित बैंकसँग प्रतिस्पर्धा गरेर एनएमबी छनोट भएको सीईओ केसीको भनाइ छ ।
एनएमबिले वर्ल्डको टप बैंकसँग प्रतिस्पर्धा गरेको र दिगो बैंकिङको एजेन्डा लिएकै कारणले नेपालका अन्य बैंक भन्दा पृथक र अघि भएको हो, उनले भने, बैंकले ४५ भन्दा बढी हाइड्रो प्रोजेक्टमा लगानी गरेको छ, सिमेन्टमा लगानी गरि मुलुकलाई सिमेन्टमा आत्मानिर्भर बैंकले बनाउन सहयोग गरेको छ ।
सीईओ केसीले एशियाका ४८ मुलुकको सर्वोत्कृष्ट बैंक बन्नु एनएमबीको मात्र नभएर नेपाल राष्ट्र बैंकको समेत जीत भएको उनले बताए ।
ुएशियाका ४८ मुलुकको सर्वोत्कृष्ट बैंक बन्नु सबैको जीत हो, बैंक मात्रै हैन नेपाल र नेपाल राष्ट्र बैकको जित हो, केसीले थपे, आफूभन्दा अघि आएका बैंकहरु भन्दा एनएमबिले दिगो विकासका लागि काम गरेको हुँदा उत्कृष्ट भएको, नेपालको मात्रै नभएर अन्य मुलुकका बैंकलाई पनि पछि पारेको छ ।
उक्त अवार्ड पछि नेपालले एसियाका अन्य बैंक तथा वित्तीय संस्थासम्म पहुँच पुर्याउन थप सहज हुने केसीले बताए। अवार्ड जितेपछि विदेशी बैंक तथा वित्तीय संस्थाले नेपाली संस्थालाई पत्याउन सक्ने आधार तय गरेको जिकिर गरे।
बैंकले यसअघि चार वर्षमा तीनपटक बैंक अफ द इयर अवार्डु जितेको थियो।
फाइनान्सिलय टाइम्सले बैंकलाई सन् २०१७, २०१८ र २०२० मा गरी तीनपटक यो अवार्ड दिएको थियो। २०२१ मा भने बैंकले एसियाकै सर्वोत्कृष्ट बैंकको टाइटल अवार्ड जितेको हो । यससँगै बैंक अफ दि एयर २०२१ु अवार्ड पनि एनएमबिले नै चौथो पटक पनि पाएको छ।
बैंकका अध्यक्ष पवनकुमार गोल्यानले आफूले चार वर्षअघि देखेको सपना पूरा भएको बताएका छन् ।
लन्डनमा पहिलो अवार्ड पाउँदा तीन वर्षभित्र यो अवार्ड पाउने गरी काम गर्न सीईओ केसीसँग छलफल गरेको स्मरण गर्दै अध्यक्ष गोल्यानले एक वर्ष ढिलो गरी भए पनि अवार्ड पाउनु सुखद उपलब्धि भएको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै गोल्यानले भने, अबको पाँच वर्षभित्र विश्वकै सर्वोत्कृष्ट बैंक बन्ने सपना छ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया