


आचार संहिता विपरीत सूची बांडियो, विरोध गर्दा जाइलाग्ने काम भयो : भीम रावल



चितवन
नेकपा एमालेको १० महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रावलले प्यानलको सूची वितरण भएकोमा भन्दै विरोध जनाएका छन् । उनले टिवट गर्दै प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने काम भएको समेत आरोप लगाएका छन् ।
उनले भनेका छन् ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बांड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु । उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउंछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’
अध्यक्षका अर्को उम्मेदवार केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेको छ । त्यसमा रावलले विरोध जनाएका हुन ।
तर, एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले बन्दसत्र हलमा पेश भएको सर्वसम्बत पत्र नै बांडिएकाले त्यसलाई गलत रुपमा बुझ्न नहुने बताएका छन् । उनले अध्यक्ष मण्डलका तर्फबाट जारी भएको सूची नै एकताको सूची भएकाले त्यसलाई बांडिनुलाई अन्यथा लिन नहुने बताए ।
ले बन्दसत्र हलमा पेश भएको सर्वसम्बत पत्र नै बांडिएकाले त्यसलाई गलत रुपमा बुझ्न नहुने बताएका छन् । उनले अध्यक्ष मण्डलका तर्फबाट जारी भएको सूची नै एकताको सूची भएकाले त्यसलाई बांडिनुलाई अन्यथा लिन नहुने बताए ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया