

दशौं राष्ट्रिय कर दिवस : धेरै कर बुझाउने सिनर्जीले पायो सम्मान



कपिलवस्तु ।
कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस २०७८ मनाइएको छ । “स्वेच्छिक कर सहभागीता अभिवृद्धि : सुशासन, विकास र समृद्धि” भन्ने नाराका साथ तौलिहवामा कर दिवस मनाइएको हो । आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुले कर दिवसका अवसरमा०७८ मा सवैभन्दा बढि कर बुझाउने करदातालाई सम्मान गरेको छ । कार्यालयले आ.ब. २०७७। ७८मा सवैभन्दा बढि कर बुझाउने सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वाणगंगा र श्रीजय श्री श्याम टेडिङ्ग कन्र्सन कृष्णनगरलाई सम्मान गरेको हो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेले कार्यालयले सेवा संगसंगै करदाता शिक्षा नियमित रुपमा संचालन गरेको बताउनुभयो । उहाँले कार्यालयसंग निकट रहेका उद्योग वाणिज्य क्षेत्रको सहकार्य र समन्वयबाट कर शिक्षा प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । आफु जिल्लामा आईसकेपछि उद्योगी व्यवासायीलाई करको दायरामा ल्याउन विभिन्न काम गरिरहेको बताउदै कार्यालय प्रमुख पाण्डेले भन्नुभयो, करछली गर्नेलाई छानविन गर्ने, शिल गर्ने र कार्वाही गर्ने बताउनुभयो । उहाँले सवै व्यवसायीले कानुनबारे जानकारी राख्नुपर्ने कर्तब्य भएकाले करछली गर्ने व्यवसायीले ठुलो मूल्य चुकाउनुपर्ने भएकाले सत्य र तथ्य विवरण बुझाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले करदातालाई कर शिक्षा आवश्यकता भएको औल्याउनुभयो । उहाँले अवैध कारोवारलाई निरुत्साहित गर्न सूचना दिनुपर्ने साथै उद्योगी व्यवसायीलाई सही कारोबार, सही व्यवसाय र सही विवरण राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अली मियाँ, कपिलवस्तु चेम्बर अफ कमर्शका अध्यक्ष महादेव पोखरेल, सम्मानित करदाता सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्वासेले उद्योगी व्यवसायीका कर सम्बन्धी विविध समस्या समाधान गर्न कर शिक्षा आवश्यकता भएको र कार्यालयसंगको नियमित सहकार्यले सहयोग पुग्ने बताएका थिए ।
सोही अवसरमा आन्तरिक राजश्व कार्यालयले २ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कार्य सम्पादन प्रभावकारी भएको भन्दै कार्यालयका हिरालाल चौधरी र दिनेश खनाललाई प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया