

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य


काठमाडौं नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।
दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । अब, पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । निगमले कात्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।



खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया