

स्वदेशी उत्पादनलाई ब्रान्डिङ गरी कपिलवस्तुमा थालियो “कन्ट्री एप्पल” को बजारीकरण



कपिलवस्तु ।
कपिलवस्तुको बजारमा स्वदेशी उत्पादनको बजारीकरणर प्रर्वदनका लागि “कन्ट्री एप्पल”(स्वदेशी स्याउ) को ब्रानिडङ सुरु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्राइभेट लिमिटेडले स्वदेशी स्याउलाई ब्रान्ड्रिङ गरि “कन्ट्री एप्पल”को रुपमा रुपमा बजारमा ल्याएको हो ।
“मिठो स्वाद, स्वदेशी सुवास” भन्ने उद्देश्यका साथ एक्सपोर्ट क्वालिटीको स्वदेशी स्याउ बजारमा ल्याईएको कम्पनीका प्रबन्ध निर्देशक अच्युत टण्डनले बताउनुभयो । दुर–दराजका स्वदेशी उत्पादनलाई गुणस्तरयुक्त ब्राण्डका रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा स्थापीत गराउने कम्पनीको महत्वकांक्षी लक्ष्य छ ।
स्वदेशी उत्पादनले बजार पाउन नसकेको अवस्थामा देशका कृषकहरु मारमा परिरहेकाले आगामी दिनमा कृषकसंग हातेमालो गरि आफ्नै माटोको उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थापन गरिने कम्पनीका मुख्य बजार व्यवस्थापक किरण खड्काले बताउनुभयो ।
नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरि अहिले कपिलवस्तुका बजारमा ल्याइएको यो स्याउ बजारमा अत्याधिक रुचाईएको पनि छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति









प्रतिक्रिया