

स्वदेशी उत्पादनलाई ब्रान्डिङ गरी कपिलवस्तुमा थालियो “कन्ट्री एप्पल” को बजारीकरण



कपिलवस्तु ।
कपिलवस्तुको बजारमा स्वदेशी उत्पादनको बजारीकरणर प्रर्वदनका लागि “कन्ट्री एप्पल”(स्वदेशी स्याउ) को ब्रानिडङ सुरु भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्राइभेट लिमिटेडले स्वदेशी स्याउलाई ब्रान्ड्रिङ गरि “कन्ट्री एप्पल”को रुपमा रुपमा बजारमा ल्याएको हो ।
“मिठो स्वाद, स्वदेशी सुवास” भन्ने उद्देश्यका साथ एक्सपोर्ट क्वालिटीको स्वदेशी स्याउ बजारमा ल्याईएको कम्पनीका प्रबन्ध निर्देशक अच्युत टण्डनले बताउनुभयो । दुर–दराजका स्वदेशी उत्पादनलाई गुणस्तरयुक्त ब्राण्डका रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा स्थापीत गराउने कम्पनीको महत्वकांक्षी लक्ष्य छ ।
स्वदेशी उत्पादनले बजार पाउन नसकेको अवस्थामा देशका कृषकहरु मारमा परिरहेकाले आगामी दिनमा कृषकसंग हातेमालो गरि आफ्नै माटोको उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थापन गरिने कम्पनीका मुख्य बजार व्यवस्थापक किरण खड्काले बताउनुभयो ।
नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरि अहिले कपिलवस्तुका बजारमा ल्याइएको यो स्याउ बजारमा अत्याधिक रुचाईएको पनि छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी













प्रतिक्रिया