

खेलकुदले अर्थव्यवस्थालाई समेत मजबुत पार्छ : सासंद पन्थी

कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा आज देखि सुरु भएको वडा स्तरिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले खेलले स्वास्थ्य र अनुशासनमा मात्र नभई देशको अर्थतन्त्रलाई समेत प्रभाव पार्ने बताउनुभएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ को वडा कार्यालयद्धारा आयोजित तेस्रो वडा स्तरिय क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गर्दै सांसद पन्थीले अर्थ व्यवस्था चलायमान पार्न खेलकुदले महत्वपूर्ण योगदान गर्न बताउनुभयो ।
बाणगंगाको वडा नम्बर ५ ले वडा भित्रका क्रिेकट खेलाडीहरुको खेल अभ्यासमा विकास गर्न यसपटक तेस्रो संस्करणको वडा स्तरिय क्रिेकट प्रतियोगिताको आयोजना गरेको हो । उद्घाटनसस्त्रमा सांसद पन्थीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। खेलकुदको विकासका लागि अभ्यास अपरिहार्य रहेकाले खेलकुदका क्षेत्रमा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभयो।
यस्तै कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषालले वडाका युवा खेलाडीहरुको खेल क्षमताको विकासका लागि वडाले हरेक वर्ष क्रिकेट लगाएत अन्य खेलको क्षेत्रमा बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया