

इसेवा र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता


काठमाडौं ।
पछिल्लाा दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ ।
यस सम्झौतासँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछ ।
अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसंग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ । यसै गरि, अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै, अलदार एक्सचेन्जबाट पनि चाडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुनेछ ।
उक्त सम्झौताबारे बोल्ने क्रममा इसेवा मनी ट्रान्सफरका सि।इ।ओ, अजेस कोइरालाले भने, ‘इसेवामनी ट्रान्सफर र अलदार एक्सचेन्जवीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहज बनाएको छ र कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउने एउटा प्रभावकारी माध्यम प्रदान गरेको छ ।’


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया