

माउण्ट एभरेष्टको अध्यक्षमा पुनः पोख्रेल चयन



रामबहादुर गन्धर्व, कोपवा ।
फजुल खर्च कटौती गरौ बचत गर्ने बानी बसालौ, दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नारासहित माउन्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि.को २३ औँ वार्षिक सधरणसभा तथा आठौ अधिवेशन कपिलवस्तुको बाणगंङ्गा ६ बैदौलीमा शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुनः युवराज पोख्रेलको अध्यक्षता ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
जसको उपध्यक्षमा गौरी चौधरी थारू, सचिव मा खेमराज भट्टराई ,स–सचिवमा प्रकाश भुसाल ,कोषाध्यक्षमा लेखनाथ भट्टराई रहनु भएको छ भने सदस्यहरूमा कौसिला खनाल , पंकज पाण्डे , नारायण सिंह के.सि. लगाएत रहेका छन् ।
त्यस्तै अधिवेशनले देवी प्रसाद पोख्रेल (डेभिड) संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ जसको सदस्यहरूमा देवेन्द्र बहादुर थापा र दुर्गा खनाल रहेका छन् । नव र्निर्वाचित सदस्यहरूलाई सिनर्जी बचत तथा ऋण सहकारीका अध्यक्ष लक्ष्मण बेलबासे, बाणगंगा न.पा.५का वडाध्यक्ष भिष्मराज भुसाल लगाएतले सफल कार्यकालको शुभकामना दिएका थिए।
सो अवसरमा संस्थाले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साविक कोपवा गा.स.को वडा न.९मा आज भन्दा २२बर्ष अगाडि समुदायमा आइ पर्ने आर्थिक समस्याहरूको समाधान स्थानीय स्तरमै आयआर्जन गर्न बाट बञ्चित ब्यक्तिहरूलाई आयआर्जन सहयोग पुर्याउने पबित्र उदेश्यले २५जना युवाहरूको परिश्रमले माउन्ट एभरेस्ट बचत तथा ऋण सहकारी संस्थाको स्थापना भइ यसक्षेत्रमा सहकारीको बिजारोपण भएको उल्लेख गरीएको छ ।
त्यस्तै संस्थाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अहिले नेपालमा ६३लाख सदस्य रहेको बताउदै उत्पादनमा सहकारी क्षेत्रले करउब ४प्रतिशत योगदान दिएको बताउदै सस्थाको कुल शेयर सदस्य सख्या ३६५३ रहेको बताएको छ। जसमा महिला १ हजार ९ सय ५ र पुरूष १ हजार ६ सय ७८रहेको समेत बताएको छ संस्थाले आ .ब.मा १०लाख ५७हजार ७सय शेयर पुजी संकलन गरि आ .ब.७७÷७८ को अन्त्यमा रू १ करोड ५५ लाख ८२ हजार ६ सय रहेको ÷गत बर्षको तुलना १०लाख ५७हजार ७सयले बृद्वि भएको संस्थाले जनाएको छ ।
यस बर्ष संस्थाको कुल करोबार ३५करोड १२लाख ३५हजार २रूपिया ७६पंसा भएको संस्थाले जनाएको छ।विभिन्न सामाजिक संस्थाका पदाधिकारी ,समाजसेवी ,बुद्धिजीवी लगाएतको सहभागीता रहेको कार्यक्रम रिता थारूको स्वागत ÷रूमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया