

स्कटल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जित


काठमाडौं ः
अफगानिस्तानले यूएईमा जारी आईसीसी टी–२० विश्वकपमा शानदार सुरुवात गरेको छ । सुपर १२ अन्तर्गत आफ्नो पहिलो खेलमा स्कटल्याण्डविरुद्ध अफगानिस्तान १ सय ३० रनले विजयी भएको हो। शारजाहमा अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०।२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । उसका लागि जर्ज मुन्सेले २५, क्रिस ग्रीभ्सले १२ र कप्तान काइल कोएट्जरले १० रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
अफगानिस्तानका लागि मुजीब उर रहमान र राशिद खानले घातक बलिङ गरे। रहमानले ४ ओभरमा मात्र २० रन खर्चिएर ५ विकेट लिए।
यससँगै उनी टी–२० विश्वकपमा अफगानिस्तानका लागि एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका छन्। यो उनको टी–२० विश्वकप डेब्यू म्याचसमेत हो। यस्तै,राशिदले २.२ ओभरमा ९ रन दिएर ४ विकेट लिँदा नवीन उल हकको नाममा एक विकेट रह्यो।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएरन १ सय ९० रन बनाएको थियो । उसका लागि नजिबुल्लाह जद्रान र रहमानउल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। जद्रानले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन बनाउँदा गुर्बाजले ३७ बलमा ४ छक्का र १ चौकासहित ४६ रनको योगदान दिए ।
यस्तै, मोहम्मद शहजादले २२, हजरतुल्लाह जाजाईले ४४ र कप्तान मोहम्मद नाबीले नटआउट ११ रन जोडे । बलिङमा सफायान सरिफले २ तथा जोश डेभी र मार्क वाटले १–१ विकेट लिए।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया