बर्षका कारण अर्घाखाँचीका धेरै स्थानका धानमा क्षति,राहात पाउने आसमा किसान

उमेश बन्जाडे/अर्घाखाँची

अर्घाखाँचीका प्रायः ठाउमा किसानले धान काटिसकेका छन् दशै अगाडि र दशै पछाडि काटेका धेरै धानमा ठुलो क्षति पुगेको छ। शितगंगा नगरपालिका १२ डोहोटेका किसानका खेतमा यतिबेला हेर्नेहो भने मनमा एक किसिमको चिन्ता उत्पन्न हुन्छ। धान काटेर खेतमा सुकाए लगत्तैको पानि परेको हुदा धान कुहिने उम्रने जस्ता समस्या देखा परेपछि किसान मर्कामा परेका छन्।

स्थानीयका अनुसार बाहिरबाट किनेर ल्याएको हाईब्रेढ बिउ यस वर्ष एकदम राम्रो फलेको थियो । स्थानिय सरकारले राहत दिने भनेपछि किसानमा एक उर्जा त देखिन्छ तर दिने हो वा होइन त्यो भने अन्योलमै छ । वार्षिक १५००००,२०००० सम्मको धान उत्पादन हुने ठाउमा यसपट जम्मा ३०००० सम्मको धान मात्र किसानले स्याहार्न पाएका छन्

प्रतिक्रिया

खबर सबै