

विमल मछिन्द्रबाटै खेल्ने


काठमाडौँ
चोटबाट पुनरागमनको तयारीमा रहेका स्ट्राइकर विमल घर्तीमगरले साविक विजेता मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । लिगको नयाँ सिजन कात्तिक २९ गतेदेखि सुरु हुँदै छ ।
करिब १ वर्षदेखि चोटका कारण मैदानबाहिर रहेका विमलले अघिल्लो सिजनको लिग पनि मछिन्द्रबाटै खेलेका थिए । आइतबार आयोजित कार्यक्रममा उनले क्लबसँग नयाँ सम्झौता गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।
दुई वर्षअघि भएको लिगमा ९० दिनको प्रतिबन्धपछि लिगको अन्तिम खेल खेलेका विमल अघिल्लो वर्षको पुसमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा चोटग्रस्त भएपछि उनी मैदानबाहिर थिए । दायाँ घुँडाको चोटको उपचार कतारमा गरी ९ महिनापछि गएको महिना स्वदेश फर्किएका थिए । विमलको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघले गरेको थियो ।
लामो समयपछि मैदानमा फर्किएका विमलले सम्झौतापछि लिग उपाधि रक्षाका लागि प्रयास गर्ने बताए । अघिल्लो सिजन एक खेलमात्र खेल्न पाएको स्मरण गर्दै विमलले यसपल्ट सबै खेलमा उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने बताए । उनले चोटपछिका दिनहरूलाई आफ्नो करियरको कठिन समय भनेका छन् । मछिन्द्रले यो सिजनका लागि राष्ट्रिय टोलीका युवा स्टार मनीष डाँगी र सुनील वलसँग सम्झौता गरेको छ भने विशाल राई, विशाल श्रेष्ठजस्ता खेलाडीहरूसँग सम्झौता नवीकरण गरेको छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया