


हामीले गरेका कामले नै गिनिज बुककाे आधा भाग भरिन्छ : ओली



काठमाडौं
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा गरेका कामले नै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सकाे आधा भाग भरिने बताएका छन् ।
बुधबार बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा बोल्दै आफ्नो नेतृत्वको सरकारले गरेका कामले नै गिनिज बुककाे आधा भागभरिने उनले बताए ।
उनले भने, ‘गिनिज बुककाे आधा भाग त हामीले गरेका कामले नै भरिन्छ । हामीले एकैचोटी २ सय १० वटा सडक शिलान्यास गर्यौँ । यो सरकारले के गर्यौ ?’
उनका अनुसार देश विकास एमालेले मात्र गर्न सक्छ अरु कसैले गर्न सक्दैन । ‘काम गर्न हुति चाहिन्छ । काम गर्न एमालेले मात्र सक्छ । आज म यो देश बनाउने मान्छे चिनाइदिन्छु । कस्ले बनाउछ यो देश ?,’ उनले भने ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया