

टी–ट्वान्टी विश्वकप क्रिकेट : बंगलादेशले ओमानलाई २६ रनले हरायो


काठमाण्डाै
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले ओमानलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा भएको खेलमा घरेलु टोलीलाई २६ रनले हराउँदै बंगलादेशले पहिलो जित निकालेको हो ।
बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।
बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय पारी खेले । ओमानका बिलाल खान र फायज बटले ३/३ विकेट लिए । कालिमउल्लाहले २ विकेट लिए । पहिलो चरणको समूह ‘बी’ मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो ।
ओमानले पहिलो खेलमा पपुवा न्युगिनीलाई हराएको थियो । ओमानले पनि २ खेलमा २ अंक जोडेको छ । हिजो भएको पहिलो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई १७ रनले हराउँदै दोस्रो जित निकालेको छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया