

शकिबको कीर्तिमान, बंगलादेश स्तब्ध

एजेन्सी
शकिब अल हसन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने पनि बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ । टी–२० विश्वकपको क्वालिफायरमा स्कटल्याण्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको क्षतिमा १४० रन बनाउने क्रममा शकिबले १७ रन खर्चेर २ विकेट लिए । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो १०८ औँ विकेट थियो । उनले श्रीलंकाका लसिथ मलिंगाको १०७ विकेटको कीर्तिमानलाई उछिनेका हुन् ।
स्कटल्याण्डका लागि क्रिस ग्रिभेसले सर्वाधिक ४५ रन बनाए भने ओपनर जर्ज मुन्सेले २९ तथा मार्क वाटले २२ रनको योगदान दिए । बंगलादेशका लागि मेहदी हसनले ३ तथा शकिब र मुस्तफिजुर रहमानले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि मुसफिकुर रहिमले सर्वाधिक ३८ रन बनाए भने कप्तान मोहमदुल्लाहले २३ तथा शकिबले २० रन बनाए । ब्राड वाटले ३ विकेट लिए ।
यसअघि ओमानले पहिलो खेलमा पपुवा न्यू गिनीलाई १० विकेटले पराजित गरेको थियो ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार






प्रतिक्रिया