

विश्वमा आजः अमेरिकाको शिकागोमा भीषण आगलागीदेखि….


आज ८ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
पहिलो पटक पेसमेकर प्रत्यारोपण
सन् १९४८ मा विश्वकै पहिलो पेसमेकर प्रत्यारोपण भएको थियो । ४३ वर्षीय पुरुष आर्ने लार्सनको मुटुमा पहिलो पटक पेसमेकर प्रत्यारोपण भएको थियो । प्रत्यारोपण भएको पेसमेकरले केही समय मात्र काम गरेको थियो । तर, पेसमेकरले काम गर्न छोडेपछि लारस लामो समय बाँचेका थिए । उनको ८६ वर्षको उमेरमा २००१ मा मृत्यु भएको थियो ।
पहिलो अन्तरमहादेशीय हवाई दौड
सन् १९१९ मा विश्वको पहिलो अन्तरमहादेशीय हवाई दौड सम्पन्न भएको थियो । ५४ सय माईल लामो सो हवाई दौडमा सान फ्रान्सिस्कोका १५ र न्युयोर्कका ४८ गरी ६३ विमान प्रयोग गरिएको थियो ।
पहिलो बाल्कन युद्ध
ओटोमन सम्राज्यमाथि युद्ध घोषणा गरेर मोन्टेनेग्रोले द्वन्द्व सुरू गरेको थियो । केही दिनपछि ग्रीस, बुल्गेरिया र सर्बिया युद्धमा सहभागी भइ बाल्कन लीग गठन गरेका थिए । करिव सात महिनापछि सो युद्ध सकिएको थियो ।
शिकागोमा आगलागी
सन् १८७१ मा अमेरिकाको शिकागोमा भीषण आगो लागेको थियो । शिकागोको एउटा कटेरोमा ८ अक्टोबरमा लागेको आगो निभाउन दुई दिन लागेको थियो । आगलागीमा ३०० जना मानिसको मृत्यु हुनुका साथै लाखौं डलर क्षति भएको थियो ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया