

विश्वमा आजः अमेरिकाको शिकागोमा भीषण आगलागीदेखि….



आज ८ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः
पहिलो पटक पेसमेकर प्रत्यारोपण
सन् १९४८ मा विश्वकै पहिलो पेसमेकर प्रत्यारोपण भएको थियो । ४३ वर्षीय पुरुष आर्ने लार्सनको मुटुमा पहिलो पटक पेसमेकर प्रत्यारोपण भएको थियो । प्रत्यारोपण भएको पेसमेकरले केही समय मात्र काम गरेको थियो । तर, पेसमेकरले काम गर्न छोडेपछि लारस लामो समय बाँचेका थिए । उनको ८६ वर्षको उमेरमा २००१ मा मृत्यु भएको थियो ।
पहिलो अन्तरमहादेशीय हवाई दौड
सन् १९१९ मा विश्वको पहिलो अन्तरमहादेशीय हवाई दौड सम्पन्न भएको थियो । ५४ सय माईल लामो सो हवाई दौडमा सान फ्रान्सिस्कोका १५ र न्युयोर्कका ४८ गरी ६३ विमान प्रयोग गरिएको थियो ।
पहिलो बाल्कन युद्ध
ओटोमन सम्राज्यमाथि युद्ध घोषणा गरेर मोन्टेनेग्रोले द्वन्द्व सुरू गरेको थियो । केही दिनपछि ग्रीस, बुल्गेरिया र सर्बिया युद्धमा सहभागी भइ बाल्कन लीग गठन गरेका थिए । करिव सात महिनापछि सो युद्ध सकिएको थियो ।
शिकागोमा आगलागी
सन् १८७१ मा अमेरिकाको शिकागोमा भीषण आगो लागेको थियो । शिकागोको एउटा कटेरोमा ८ अक्टोबरमा लागेको आगो निभाउन दुई दिन लागेको थियो । आगलागीमा ३०० जना मानिसको मृत्यु हुनुका साथै लाखौं डलर क्षति भएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया