

मनोसामाजिक समस्या र सहयोगबारे सचेतना बढाउने सहजकर्ताको प्रतिबद्धता



कपिलवस्तु। कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले बालबालिकालाई मनोसामाजिक समस्या भएकालाई सहयोग गर्ने प्रतिबद्ध रहेको जनाएका छन् ।
कपिलवस्तु र रुपन्देहीका २२ जना सहजकर्ताको सहभागिता रहेको बालविकास तथा शिक्षा सिकाई केन्द्रका सहजकर्ताका लागि मनोसामाजिक सहयोग, लैङ्गिक हिंसा तथा बाल संरक्षण सम्बन्धि तीन दिवसीय तालिमका सहभागी सहजकर्ताले सो प्रतिबद्धता गरेका छन् ।
युनिसेफ नेपालको प्रविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा इँटा उद्योगका सहजकर्ताका लागि तालिम आयोजना गरिएको छ । तालिममा सहभागी सहजकर्ताले बालबालिका र अभिभावकलाई मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण र लैङ्गिक हिंसा बारे सचेत नगराईएकै कारण बालबालिका जोखिममा पर्ने गरेको बताए ।
तालिममा सिकेका सुचना जानकारी व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको सहजकर्ता लिलादेवीको बुझाई थियो । तालिममा मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण, लैङ्गिक हिंसा न्यूनिकरण, तनाव व्यवस्थापन, घटना व्यवस्थापन र सहयोग प्रणाली स्थापना लगायतका बिषयवस्तुमा मनोविमर्शकर्ता शान्ति पण्डितले सहजीकरण गर्नुभएको थियो ।
समापन सत्रमा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे तथा कार्यक्रम अधिकृत अजय चौधरीले कार्यक्रमको सफलता र कार्यान्वन बारे शुभकामना मन्तव्य राख्नुभएको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया