
मनोसामाजिक समस्या र सहयोगबारे सचेतना बढाउने सहजकर्ताको प्रतिबद्धता

कपिलवस्तु। कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले बालबालिकालाई मनोसामाजिक समस्या भएकालाई सहयोग गर्ने प्रतिबद्ध रहेको जनाएका छन् ।
कपिलवस्तु र रुपन्देहीका २२ जना सहजकर्ताको सहभागिता रहेको बालविकास तथा शिक्षा सिकाई केन्द्रका सहजकर्ताका लागि मनोसामाजिक सहयोग, लैङ्गिक हिंसा तथा बाल संरक्षण सम्बन्धि तीन दिवसीय तालिमका सहभागी सहजकर्ताले सो प्रतिबद्धता गरेका छन् ।
युनिसेफ नेपालको प्रविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा इँटा उद्योगका सहजकर्ताका लागि तालिम आयोजना गरिएको छ । तालिममा सहभागी सहजकर्ताले बालबालिका र अभिभावकलाई मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण र लैङ्गिक हिंसा बारे सचेत नगराईएकै कारण बालबालिका जोखिममा पर्ने गरेको बताए ।
तालिममा सिकेका सुचना जानकारी व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको सहजकर्ता लिलादेवीको बुझाई थियो । तालिममा मनोसामाजिक समस्या तथा सहयोग, बालअधिकार तथा संरक्षण, लैङ्गिक हिंसा न्यूनिकरण, तनाव व्यवस्थापन, घटना व्यवस्थापन र सहयोग प्रणाली स्थापना लगायतका बिषयवस्तुमा मनोविमर्शकर्ता शान्ति पण्डितले सहजीकरण गर्नुभएको थियो ।
समापन सत्रमा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, कार्यक्रम प्रबन्धक प्रकाश घिमिरे तथा कार्यक्रम अधिकृत अजय चौधरीले कार्यक्रमको सफलता र कार्यान्वन बारे शुभकामना मन्तव्य राख्नुभएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया