

भीरबाट खसेकाे ढुङ्गाले लाग्दा आमाछाेरीकाे मृत्यु

रोल्पा नगरपालिका हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ बस्ने २५ वर्षीया संगिता पुन र उनकी छोरी २ वर्षिया छोरी कृतिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
प्रहरीका अनुसार बारीबाट घरतर्फ जाने क्रममा भीरबाट ढुंगा खसेर लागेको थियो । खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पामै बिहे भोज खाएर फर्किने क्रममा रोल्पा नगरपालिका-३ खुमेलका ४२ वर्षीय तिर्थलाल थापाको पनि भीरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया