

नेपाली क्रिकेट टोली नेपाल फर्कियो

काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाका लागि ओमान गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
टोली बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको श्रृङ्खलाका चार खेलमध्ये नेपालले दुईमा जित र दुईमा हार बेहाेरेकाे थियो ।
नेपालले चौथो खेलमा ओमानलाई सात विकेटले र पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
नेपाल लिग–२ को चौथो स्थानमा छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । त्रिदेशीय श्रृङ्खला अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेलेको थियो । नेपालले श्रृङ्खला २–० ले जितेको थियो ।
नेपाली टोलीसँगै गएका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका कारण फर्किएनन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया