

खनालको अध्यक्षतामा अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तु



कपिलवस्तु
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको नेतृत्वमा हरिशचन्द्र खनालले स्थान पाएका छन् । सोमबार तौलिहवामा भएको २० औं जिल्ला सम्मेलनबाट खनाल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
०७५ जेष्ठ ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपश्चात बनेको अनेरास्ववियूमा अनेरास्ववियू (क्रान्तिकारी) ले जिल्लाको सहसंयोजक पाएको थियो । ।
अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन नजिकिदै जादा कपिलवस्तुमा पनि जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको हो ।
अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा खनालसंगै उपाध्यक्षमा विजय पौडेल ‘आभाष’, अर्चिता पाण्डे, कोषाध्यक्षमा कमल बञ्जाडे, सहसचिवमा सुमन घिमिरे, सुजता बरुण, गोरखनाथ यादवसहित ४५ सदस्यिय जिल्ला कमिटी घोषणा भएको छ ।
सचिवका आकांक्षी बढी भएको कारण कारण पहिलो बैठकले चयन गर्ने गरी जिल्ला सम्मेलन सकिएको नवनिर्वाचित अध्यक्ष खनालले बताउनुभयो ।
सम्मेलनको उद्घाटनशत्रमा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य चक्रपाणी खनाल, पार्टीका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय, अनेरास्ववियू (क्रान्तिकारी)का उपाध्यक्ष पञ्चा सिंह, केन्द्रीय सचिव नारायण खनाल, माओवादी नेता रामलौटन तिवारी, एकीकृत समाजवादी निकट अनेरास्ववियूका जिल्ला संयोजक दिपक अनुरागी, नेकपा निकट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विज्ञान क्षेत्री, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसील खत्री लगायतले मतव्य दिदैं सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुका नेता पुस्कर भुसालको सञ्चालनमा भएको उद्घाटन सस्त्रको शुभकामना मन्तव्य विद्यार्थी नेता जेनिस शर्माले राख्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया