

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल गोलरहित बराबरीमा रोकियो


काठमाडौं ।
नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन ।
यसअघि पहिलो मैत्रीपूर्ण खेल नेपालले २(१ ले जितेको थियो । नेपाललले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो । यसअघि २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १(१ को बराबरी खेलेको थियो । नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल हुँदा नेपाल अपराजित छ ।
दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो खेलमा पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले गोलकिपर एन्जिला सुब्बा, मिडफिल्डर मन्जली कुमारी योन्जन र अघिल्लो खेलमा डेब्यू गर्दै गोल गरेकी सबिता रानाको स्थानमा अन्जना राना मगर, अनिता बस्नेत र रश्मि कुमारी घिसिङलाई पहिलो रोजाइमा खेलाएका थिए।
अघिल्लो खेलमा नेपालले २३ मिनेटभित्रै दुई गोल गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशले सुरुवातदेखि नै राम्रो खेलेको थियो । पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर आएपनि सदुपयोग गर्न सकेनन् । नेपालको सरु लिम्बु र विमला चौधरीले गोलको अवसर पाएपनि फिनिसिङ राम्रो हुन सकेन । यस्तै बंगलादेशी गोलकिपर रुपना चक्माले केही राम्रो बचाउ गरिन् ।
दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेपनि गोल हुन सकेन । ६६ औं मिनेटमा रश्मी घिसिङ र अनिता बस्नेतको स्थानमा सबिता राना र अनिता केसी मैदान प्रवेश गरेका थिए ।
८९ औं मिनेटमा नेपालकी रजनी थोकरले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरिन् । उनी प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
नेपाल र बंगलादेश अब एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तान जानेछन् । नेपाल समूह एफ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ पनि छ ।
नेपालले पहिलो खेल असोज २ गते फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।
यस्तै बंगलादेश समूह जी मा छ । यस समूहमा जोर्डन र इरान पनि छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया