

विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो : सांसद प्रेम सुवाल



काठमाण्डाै
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली नागरिकका लागि ‘विष सरह’ हुने टिप्पणी गर्नुभएको छ ।
नेकपा एमालेका सांसदहरूको चर्को नाराबाजीबीच शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको याे सम्झौताबारे द्विविधामा नपर्न प्रतिनिधि सभाका सांसदहरूलाई समेत आग्रह गर्नुभयो ।
नेपाल भ्रमणमा आउनुभएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति सङ्केत गर्दै उहाँले अमेरिकी अधिकारीले याे सम्झौताको सम्बन्धमा सय थरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै नागरिकलाई थाहा भएकै कुरा हो । यो यथार्थता नेपाली नागरिकले पनि बुझिसकेका छन । यो सङ्घीय संसद्का सबै माननीयहरू द्विविधामा पर्नु आवश्यक छैन । बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ । विष भनी थाहा पाइकन खाए के हुन्छ ? एमसीसी त्यही हो । अमेरिकी अधिकारीहरूले सय थरी कुरा गर्दैछन् । हामी उनीहरूका सय थरी कुरामा फस्नु हुन्न ।’
सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नुभयो ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया