

तीजको दिन नेपाली चेली बंगलादेशसँग भिड्दै



काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बिहीवार) बंगलादेश राष्ट्रिय महिला टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हरितालिका तीजको दिन नेपाली महिला टोलीले घरेलु मैदानमा डेब्यू गर्दैछ। अहिलेसम्म दशरथ रंगशालामा कुनै पनि खेल नखेलेको महिला टोली आजको खेलमा जित निकाल्ने दाउमा रहनेछ।

चेली भनेर प्रख्यात नेपाली राष्ट्रिय महिला टोली आफ्नो स्टार स्ट्राइकर सावित्रा भण्डारी उर्फ साम्बा बिना नै मैदान प्रवेश गर्नेछ। राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता साम्बा घुँडाको चोटका कारण टिम बाहिर छिन्।
आज दशरथ रंगशालामा डेब्यू गर्ने अर्का पात्र रहनेछन् नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स। आजको खेल प्रशिक्षण गर्ने क्रममा चेलीको टोली सम्हाल्ने ग्यारी पहिलो विदेशी प्रशिक्षक समेत हुनेछन्।

एएफसी महिला एसियन कप २०२२ अन्तर्गत छनोट खेल खेल्न गइरहेको नेपालले सोही प्रतियोगिताको लागि यो मैत्रीपूर्ण खेल खेल्न गइरहेको हो। बंगलादेशविरुद्ध नेपालले दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
महिला एसियन कपको छनोट खेल खेल्न अर्को साता उज्बेकिस्तान प्रस्थान गर्न लागेको महिला टोलीकोलागि बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल महत्वपूर्ण हुनेछ। महिला एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफमा दुई बलिया टोली फिलिपिन्स र हङकङको सामना गर्दैछ।

उज्बेकिस्तानको जेएआर स्टेडियममा नेपालले असोज २ (सेप्टेम्बर १८) मा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ भने हङकङ र नेपालबीचको खेल असोज ५ (सेप्टेम्बर २१) मा खेलिने तालिका रहेको छ।
नेपाली महिला टोलीले सन् २०१९ को १३औं साग पश्चात् पहिलो पटक अन्तराष्ट्रिय खेल खेल्न गइरहेको छ। नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ। त्यस्तै यी दुईबीचको दोस्रो मैत्रीपूर्ण खेल आईतवार खेलिने छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया