
बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजेता

एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ । विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।
उता, युरो २०२० विजेता इटालीले भने आफ्नो घरेलु मैदानमा बुल्गेरियासँग निराश बराबरी खेलेको छ । फेडेरिको किएसाले रोबर्टो मान्चिनीको टोलीलाई अग्रता दिलाए पनि एटानास इलेभले बराबरी गोल फर्काएका थिए ।
खेलमा इटालीले २७ पटक बुल्गेरियाको पोस्टमा प्रहार गरे पनि थप गोल गर्न सकेन । बराबरीसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३५ खेल पुर्याउँदै स्पेनको कीर्तिमानलाई बराबरी गरेको छ ।
समूह सीमा रहेको इटालीले ४ खेलमा १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक







प्रतिक्रिया