

कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला, अझ बढी सङ्क्रामक रहेको आशंका





एजेन्सी
कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ ।
दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म (केआरआईएसपी) का वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो । १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो ।
वैज्ञानिकहरुले भाइरसको यो भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट हुनसक्ने बताएका छन् । डब्लूएचओका अनुसार भाइरसको ट्रान्समिसन, गम्भीर लक्षण, इम्युनिटीलाई झुक्याउन सक्ने र डायग्नोसिसबाट बच्ने क्षमता देखाउने भाइरसको भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट श्रेणीमा राखिन्छ । एक अध्ययनमा सी.१.२ पहिले फेला परेको सी.१ भेरियन्टभन्दा निकै म्युटेट भइसकेको छ । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको पहिलो लहरका लागि सी.१ भेरियन्टलाई जिम्मेवार मानिन्छ ।
म्युटेसनले भाइरसमा बदलाव ल्याएर यसलाई एन्टीबडी र प्रतिरोधात्मक क्षमताबाट बच्न मद्दत गर्ने अध्ययनकर्ताहरुले बताएका छन् । यसमा अल्फा र बीटा भेरियन्टविरुद्ध एन्टीबडी विकास भइसकेका व्यक्तिहरू पनि पर्दछन् । अध्ययनमा दक्षिण अफ्रिकामा हरेक महिना सी.१.२ जिनोमको सङ्ख्यामा लगातार वृद्धि भइरहेको पाइएको छ । मेमा ०.२ प्रतिशत रहेकोमा जुलाईसम्ममा यो सङ्ख्या बढेर २ प्रतिशत भइसकेको थियो । भाइरोलोजिस्टका अनुसार यो म्युटेसन विश्वभर चलिरहेको खोप अभियानका लागि चुनौती बनेको छ ।
स्रोत : दैनिक भास्कर


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया