

शवबाटै गहना चोर्ने वृद्धा पक्राउ



पेरिस, उत्तरी फ्रान्सस्थित एउटा अन्त्येष्टि गृहमा मृतकको अन्तिम संस्कार भइरहँदा मलामीमा सरिक एक अज्ञात व्यक्तिलाई देखेर पनि शोकाकुल परिवारले केही भनेनन् । मृतकको परिवारका कोही पनि सदस्यले नचिनेको ती महिलाले आफूलाई मृतकको साथी भनिन् । होला त भनेर परिवारले ती करिब साठी वर्षीया महिलालाई खुल्ला काफिनमा श्रद्धाञ्जली व्यक्त गर्ने अवसर दिए ।
तर, पछि तिनले मृतक महिलाको शरीरबाट हार, औंठी र कानको टप गायब भएको पाएको फ्रेन्च सञ्चार माध्यमले जनाएको छ । परिवारले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरीले तत्कालै अनुसन्धान गरेर अन्त्येष्टि गृह नजिकैको लिएभिन शहरमा बस्ने ती महिलाई पक्राउ ग¥यो । उनको साथबाट शवबाट चोरिएका सम्पूर्ण गहना जफत गर्यो । अनुसन्धानकै क्रममा २४ अगस्टको अन्त्येष्टिका दिन ती महिलाले त्यहीं एक जना पुरुष मलामीको पनि पर्स चोरेको पत्ता लागेको छ ।
ती महिलाको घरबाट प्रहरीले हालसालै मरेका मानिसहरूको नाम सूचीसहितको सूचना र परिवारका लागि बनाइएको अन्त्येष्टि कक्षमा प्रवेश गर्ने कोड नम्बर पनि फेला पारेको छ । अपराधी महिलालाई सन् २०२२ मा अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । –(एजेन्सी)


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया