

शवबाटै गहना चोर्ने वृद्धा पक्राउ



पेरिस, उत्तरी फ्रान्सस्थित एउटा अन्त्येष्टि गृहमा मृतकको अन्तिम संस्कार भइरहँदा मलामीमा सरिक एक अज्ञात व्यक्तिलाई देखेर पनि शोकाकुल परिवारले केही भनेनन् । मृतकको परिवारका कोही पनि सदस्यले नचिनेको ती महिलाले आफूलाई मृतकको साथी भनिन् । होला त भनेर परिवारले ती करिब साठी वर्षीया महिलालाई खुल्ला काफिनमा श्रद्धाञ्जली व्यक्त गर्ने अवसर दिए ।
तर, पछि तिनले मृतक महिलाको शरीरबाट हार, औंठी र कानको टप गायब भएको पाएको फ्रेन्च सञ्चार माध्यमले जनाएको छ । परिवारले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरीले तत्कालै अनुसन्धान गरेर अन्त्येष्टि गृह नजिकैको लिएभिन शहरमा बस्ने ती महिलाई पक्राउ ग¥यो । उनको साथबाट शवबाट चोरिएका सम्पूर्ण गहना जफत गर्यो । अनुसन्धानकै क्रममा २४ अगस्टको अन्त्येष्टिका दिन ती महिलाले त्यहीं एक जना पुरुष मलामीको पनि पर्स चोरेको पत्ता लागेको छ ।
ती महिलाको घरबाट प्रहरीले हालसालै मरेका मानिसहरूको नाम सूचीसहितको सूचना र परिवारका लागि बनाइएको अन्त्येष्टि कक्षमा प्रवेश गर्ने कोड नम्बर पनि फेला पारेको छ । अपराधी महिलालाई सन् २०२२ मा अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । –(एजेन्सी)


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया