

अमेरिकामा एकैदिन झण्डै २ लाखमा कोरोना संक्रमण पुष्टि, मृत्युु दर पनि बढ्यो


एजेन्सी
अमेरिकामा शुक्रबार एकैदिन झण्डै २ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वोल्डोमिटरका अनुसार शुक्रबार १ लाख ९० हजार ३७० जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ९५ लाख ४० हजार नाघेको छ ।
यस्तै अमेरिकामा बिहिबार १ हजार ३०४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ५३ हजार ४०५ पुगेको छ ।
अमेरिकामा एकैदिन ५४ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । यो सँगै अमेरिकामा कोरोना मुक्त हुनेको संख्या ३ करोड ७ लाख ८६ हजार नाघेको छ ।
हाल त्यहा ८ लाख बढी सक्रिय संक्रमित रहेका छन् । यस्तै अमेरीकामा १७ करोड २१लाख ७१ हजार बढीले कोरोना खोप लगाइसकेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया