

ओली शैलीमा पौडेलको बिदाई



बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो।
नेपालकै सबैभन्दा पाको उमेरका मुख्यमन्त्रीबाट धेरैले सादगी, सरलता र असल संस्कार अपेक्षा गरेका थिए। त्यसमाथि कोरोना भाइरस (कोभिड १९)को बढ्दो संक्रमणबीच भेला, गोष्ठी गर्न स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। तर करिब साढे ३ वर्ष मुख्यमन्त्री भएका ७५ वर्षीय पौडेलको बिदाई र त्यसपछिको उनको भाषणले धेरैलाई निराश बनायो।
नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटारबाट बालकोट जाँदाको झल्को दिनेगरी पौडेल घर पुगेका थिए । मुख्यमन्त्री निवासमा भेला भएका कार्यकर्ताले ‘डीएम बा आई लभ यू, डीएम सर उई लभ यू, हाम्रो नेता कस्तो होस् डीएम सर जस्तो होस्, पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद’ लगायतका नारा लगाएका थिए।
जनताको सेवक नेताले जयजयकार खोज्ने र गर्ने संस्कार एमाले अध्यक्षबाट विस्तारै तल्लो तहसम्म पुग्दै गरेको झल्को पौडेलको बिदाईले झल्काउँथ्यो। ठ्याक्कै ओलीको शैलीको नक्कल, तामझाम र राजर्षी शैलीमा।
नेता, कार्यकर्तासँगै स्थानीय पालिकाका पदाधिकारी, कर्मचारीहरू समेत जनताको काम छाडेर बिदाई लावालस्करमा सहभागी भएका थिए। जसका कारण हेटौंडामा राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारको विपक्षमा उभिएका निवर्तमान मुख्यमन्त्रीको बिदाई हुँदा सवारी आवागमनमा समस्या हुँदा जनताले सास्ती पाएका थिए।
पूर्व–पश्चिम राजमार्गको बुद्धचोकदेखी नवलपुरसम्म समेत सडक अस्तव्यस्त हुँदा ट्राफिक प्रहरी मुकदर्शक बनेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया