

सरकारको पहिलो प्राथमिकता नै संघीयता कार्यान्वयन हो : मुख्यमन्त्री केसी



रुपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको पूर्ण कार्यान्वयन नै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । संघीयता कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुनेगरी काम गर्ने उनको प्रतिबद्धता छ ।
बुटवल उद्योग वाणिज्य संघको नवनिर्मित उद्यमशीलता कार्यक्रमको बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरूको गठबन्धनबाट बनेको सरकारले संविधान र संघीयता कार्यान्वयन गरिछाड्ने दृढता जनाए ।
मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै त्यसमा साथ सहयोग गर्न सबैलाई आग्रह गरे । उनले नीजि क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने समेत आश्वासन दिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण गर्ने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवद्र्धनको काम आफैमा महत्वपूर्ण भएको बताए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया