

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बिहीबार केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रदेशसभामा उनी रोल्पा १ (क)बाट निर्वाचित हुन्।
उनको सपथ ग्रहण कार्यक्रम साढे ४ बजेका लागि तोकिएको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।
चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यको बहुमत ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए।
मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्ताव सामना नगरी बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनको आह्वान गरेका थिए ।
सो अवधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आवद्ध चार दलीय गठबन्धनले सरकार निर्माणको दाबी पेश गरेको हो ।
उनले आजै मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। कनौडियाका अनुसार आज नेकपा माओवादी केन्द्रबाट २, जसपाका तीन र कांग्रेसबाट एक जना सहभागी मन्त्रिपरिषद गठन हुनेछ । प्रदेशसभाको कार्यकाल १६ महिना बाँकी छ ।
तर गठबन्धनमा आवद्ध माओवादी र कांग्रेसबीच आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएकाले केसी ८ महिना मात्रै मुख्यमन्त्री रहनेछन् । फागुन २ गते पछि आफू मुख्यमन्त्री बन्ने सहमति बनेको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कनौडियाले बताएका छन्।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया