

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए पदबाट राजीनामा


संकटबाट गुज्रेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्।उनले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले राजीनामा दिएको नेकपा एमाले लुम्बनी प्रदेशसभाका एक सदस्यले बताएका छन्।
मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दाेस्राेपल्ट अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। पोखरेलकाे राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।
प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। बैठक आजै दिउँसो १ बजे बस्न लागेकाे थियाे। जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन्।
हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना सभामुख पनि छन्। मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्। बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ।


खबर सबै
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी






प्रतिक्रिया