

लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डेयले दिए राजीनामा



बुटवल
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् ।
सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताए ।
उनी पहिलो पटक वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएका थिए ।
गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेलगायत सरकारमा सहभागी जनता समाजवादीका विजय यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
पार्टीले कारबाही गरेपछि प्रदेससभा सचिवालयले सांसद पदबाट मुक्त गरिसकेको छ ।
जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै छन् । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेशमा जसपा ६ जना सांसदहरु रहेका थिए । पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहेका छन् । ती सवै पोखरेल सरकार विरुद्धको गठबन्धन दलतिर लागेका छन् ।
यसैबीच मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया