

जसपा कपिलवस्तुद्धारा अगुवा कार्यक्रता भेटघाट



कपिलवस्तु ।
जनता समाजावादी पार्टीको आधिकारीता पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षमा आएसँगै कपिलवस्तुमा जसपाले राजनितिक सक्रियता र गतिविधिलाई तिव्रता दिन थालेको छ ।
पार्टीको आधिकारीकता विवाद समाधन भए सँगै अब राजनैतिक गतिविधि पनि सक्रिय बनाउने गरी शनिबार कपिलवस्तु नगरपालिकामा अगुवा कार्यक्रता भेटघाट तथा आगमाी योजनाबारे छलफल भएको जसपा प्रदेश सांसद सहसराम यादवले जानकारी दिनुभयो ।
कपिलवस्तु नगरपालिकाको कनकमुनी उच्च मावि जगदिशपुर स्थित श्रीनगरमा आयोजित कार्यक्रममा जसपा केन्द्रिय सदस्य नारायण खनालको प्रमूख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रिय सदस्य खनालले अबको राजनितिक गतिविधिले पार्टीको संगठन विस्तार र जनसम्पर्कमा विशेष ध्यान दिनेगरी लाग्नुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले प्रदेशमा जसपाका सासंदहरुले आफ्ना विचार जोडदार ढङ्गले राख्ने र जनताका समस्या समाधनमा आफ्नो जिम्मेवारीलाई केन्द्रित गरिरहेको बताउनुभयो ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेश सासंद शुमन रायमाझी, जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, जिल्ला सचिव चोपलाल राहुल मगर, जिल्ला सदस्य शिव खासु मगर लगाएतको आतिथ्यता रहेको थियो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया