

विज्ञको चेतावनी : कोरोना संक्रमण २ गुणा बढ्न सक्ने


एजेन्सी
अमेरिकी राष्ट्रपतिका सल्लाहकार एवम् राष्ट्रिय निर्देशक एन्थोनी फौचीले अमेरिकामा आगामी सेप्टेम्बरमा डेल्टा भेरियण्टको कारण दिनहुँ २ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिन सक्ने बताउनुभएको छ ।
हालैको एक अन्तर्वार्तामा उहाँले केहि महिना पहिले दैनिक १० हजार संक्रमित भेटिने गरेको तर आगामी दिनमा सम्भवतः दैनिक १ लाखदेखि २ लाख संक्रमितको संख्या पुग्नसक्ने चेतावनी दिनुभएको छ । ‘डेल्टा भेरियण्टका केसहरु उकालो लागिरहेको र यसलाई रोक्नको लागि खोप नलगाएको ठूलो संख्याले खोप लगाउनुको विकल्प नभएको’ फौचीले बताउनुभएको छ ।
यस्तै निर्देशक फौचीले हालसम्म खोप नलगाएका मानिसहरुमा कोरोनाको नयाँ भेरियण्टले विपत्ति ल्याउन सक्ने र त्यसो भएमा अहिलेको खोप अभियानले पनि काम नगर्नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार कोरोनाको नयाँ भेरियण्ट रोक्नको लागि कोरोना संक्रमणलाई पूर्णविराम लगाउनु पर्नेछ । त्यसका लागि सबैले कोरोनाविरुद्धको खोप अनिवार्यरुपमा लगाउनुको विकल्प नभएको सिन्ह्वाले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया